बिर्तामोड । विद्युतीय सवारी साधन उत्पादक कम्पनी ‘प्योर ईभी’ ले उत्पादन गरेको ‘ईप्लुटो ७ जी प्रो’ स्कुटर नेपालमा लञ्च गरेको छ । हालसम्म उपलब्ध विद्युतीय स्कुटरमध्ये सबैभन्दा शक्तिशाली स्कुटर नेपाली बजारमा आएको हो । कम्पनीका अनुसार यो स्कुटर विभिन्न मोडमा प्रतिघण्टा १ सयदेखि १ सय ५० किलोमिटर दौडाउन सकिन्छ ।

यस मोडलको स्कुटरमा बीएमएस र ब्लुटुथ कनेक्टिभिटीको साथ एआइएस १४६ प्रमाणित छ । ३.० किलोवाट ब्याट्री क्षमता रहेको स्कुटरमा इकोड्राफ्ट प्लेटफर्ममा प्रयोग गरी प्रमाणित गरिएको कम्पनीको भनाइ छ ।

‘यो जी ७ मोडलको अपग्रेड गरिएको संस्करण हाम्रो नवप्रवर्तन, दिगोपन र उत्कृष्टताको निरन्तर प्रयासको नयाँ परिणाम हो, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित बढेराले भने, ‘यस महिनामा नेपालभरि २ हजार थान यो स्कुटर बिक्री हुनेमा हामी विश्वस्त छौं ।’

यस उत्पादनको वाइट लोटस मोटर्सले बिक्री गरिरहेको छ । आधिकारिक बिक्रेता वाइट लोटस मोटर्सका कार्यकारी प्रमुख अशोक खड्गीका अनुसार यसअघि सोही कम्पनीको उत्पादन ईप्लुटो ७ जी र इन्ट्रान्स एनईओको भव्य सफलतापछि आएको अपग्रेड भर्सनले पनि ग्राहकको मन जित्न सफल हुने अपेक्षा छ । कालो, खैरो र सेतो रङमा उपलब्ध यस उत्पादनले नेपाली ग्राहकको मन जित्ने दाबी उनले गरेका छन् ।