धरान । मञ्जुश्री फाइनान्स लिमिटेड धरान शाखाले डिजिटल सचेतना कार्यक्रम आयोजना गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार धरान–१७ रेल्वे चोकमा प्लेकार्डसहित स्थानीय माझ डिजिटल सचेतना आयोजना गरिएको हो ।
डिजिटल बैङ्किङप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सचेतना कार्यक्रम आयोजना गरेको धरान शाखाकी बजार प्रवर्धन अधिकृत सपना श्रेष्ठले बताइन् । अहिले धेरैजसो नागरिक मोबाइल बैङ्किङ, अनलाइन खाता, क्युआर स्क्यान, आईपिएसजस्ता डिजिटल बैङ्किङका सेवातर्फ आकर्षित हुँदै गएको तर, पनि ठूलो सङ्ख्यामा डिजिटल बैङ्किङबारे जानकार नरहेको उनले बताइन ।
त्यस्तै शनिबारै फाइनान्सका कर्चमारीहरूले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको नेतृत्वमा सञ्चालन भइरहेको श्रमदान कार्यक्रममा सहभागिता जनाएको धरान शाखाका प्रबन्धक रविना श्रेष्ठले बताइन् ।
कुल चुक्ता पुँजी १ अर्ब ३५ करोड रहेको मञ्जुश्री फाइनान्स लिमिटेडको देशभर नयाँ बानेश्वर काठमाडौंस्थित प्रमुख कार्यालय र २६ वटा शाखा कार्यालयहरू रहेका छन् ।