धरान । नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर १ दशमलव ८६ प्रतिशतमा सीमित रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ ।

तर, सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य राखेको थियो । यता अन्तर्राष्ट्रिय मुद्रा कोषले ४ दशमलव ४ प्रतिशत र एसियाली विकास बैङ्कले ४ दशमलव १ प्रतिशतमा सङ्कुचन हुने बताइरहँदा कार्यालयले यस्तो प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको मङ्गलबार आर्थिक तथ्याङ्क सार्वजनिक गर्ने क्रममा यस्तो प्रक्षेपण आएको हो ।

यता सरकारले बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा अर्धवार्षिक समीक्षामार्फत् सात प्रतिशतमा झारेको छ । कार्यालयले स्थानीय उत्पादनमा कमी, आर्थिक चहल–पहलमा देखिएको अन्योल, आयातमा कडाइ, उच्च ब्याजदर र कमजोर कर्जा प्रवाहका कारण आर्थिक वृद्धिदरमा कमी आउने जनाएको छ । आर्थिक वृद्धिदर नेपालको कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयका आधारमा निर्धारण गरिन्छ ।

यस्तै नेपालको अर्थतन्त्रको आकार झन्डै ५४ अर्ब रुपैयाँको पुग्ने अनुमान गरिएको छ । कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो ।