देउराली । पाँचथरमा हावाहुरी सँगै परेको चट्याङले लागेर एकै फर्मका ५४ वटा भेटा मरेका छन् ।
शुक्रबार अपराह्नमा आएको हावाहुरी सँगै परेको चट्याङले फालेलुङ गाउँपालिका २ र याङ्वारक गाउँपालिका ३ को संगम स्थल देउरालीमा रहेको भेडा गोठमा रहेका ५४ वटा भेडा मरेका छन् भने १२ वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।
उनका अनुसार उक्त फर्म फालेलुङ गाउँपालिका वडा नम्बर ३ का प्रकाश राई, शुक्रबहादुर राई र वडा नम्बर १ का सुरेन्द्र आङ्बो, वडा नम्बर ४ का टेकबहादुर गुरुङले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
चट्याङले लागेर फर्ममा काम गर्ने याङ्वारक ३ का प्रेम राई घाइते भएका थिए । घाइते राई को दाहिने हात र खुट्टा नचलेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए । खतिवडाले घाइते राई को फालेलुङ स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको छन् ।