धरान । भारतबाट नेपाल भित्र्याइएको भारतीय ब्रोइलर कुखुरा सुनसरीको खनारबाट मङ्गलबार बिहान नियन्त्रणमा लिएको छ ।
भ्याली एग्रोफिडका सञ्चालक सीताराम प्याकुरेलका अनुसार खनारबाट ३५ वटा कुखुरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । व्यवसायीको सूचनाका आधारमा खनार प्रहरीले कुखुरा नियन्त्रणमा लिई स्थानीय वडा कार्यालयहरूका जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको छ ।
उक्त कुखुरा देवानगञ्ज घुस्कीका व्यापारी अस्सी दुल्लाको रहेको व्यवसायीहरू बताउँछन् । उनलाई चेतावनी दिई छाडिएको छ भने कुखुरा नष्ट गरिएको छ । त्यसक्रममा कुखुरा बोक्ने झोला पनि बरामद गरिएको छ ।