धरान । चौधरी समूहले सिजीनेटको विस्तारको क्रममा सुनसरीका दुई ठूला सहर इटहरी र धरानमा विस्तार गरेको छ ।

कम्पनीले इन्टरनेटसँगै आइपीटिभी पनि ल्याएको छ । विस्तारको क्रममा सिजीनेटले स्पिड दमदार, प्राइस शानदार योजनाअन्तर्गत प्रयोगकर्तालाई तीन लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

यसका साथ सिजी टिभी, घडी, इयरफोनजस्ता उपकरणहरू पनि केही छुटमा खरिद गर्न सकिने जनाएको छ । त्यस्तै पैसा फिर्ता योजना पनि रहेको छ । सिजीनेट जोडेमा प्रयोगकर्ताले चार लाख रुपैयाँ बराबरको यी सबै सुविधाहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौँबाट सुरु गएको सिजीनेटले विराटनगर, वीरगञ्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहबीमा सुविधा विस्तार गरेको छ । मङ्गलबार धरानमा सिजीनेटको उद्घाटन गरेको हो । सिजीनेट ७ सय ९९ रुपैयाँ मूल्यमा प्रतिमहिना १ सय ३० एमबीपीएसको सुविधा पाउने जनाएको छ ।