धरान । चौधरी समूहअन्तर्गतको सिजीनेट विराटनगरमा पनि विस्तार भएको छ । थप ६ सहरमा विस्तारको क्रममा रहेको छ ।

इन्टरनेट सर्भिस प्रोभाइडरका हिसाबमा सिजी नेटले छोटो समयमा देशका विभिन्न सहरमा आफ्नो सेवा विस्तारका लागि रफ्तार बढाएको छ । सिजीले कम मूल्यमै बढी क्षमताको नेट वितरण गर्दै आइरहेको कम्पनीको दाबी छ । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा सिजीनेट विस्तार गरिएको हो ।

सुविधा क्षेत्र विस्तार गर्ने क्रममा विराटनगरमा ल्याएको कम्पनीले जनाएको छ । हाल वीरगञ्ज, इटहरी, जितपुर, पोखरा, सिमरा, धरान र दुहबीमा सिजीनेट पुर्याउने योजनाअनुसार काम भइरहेको जनाइएको छ ।

सिजीनेटले आफ्ना प्रयोगकर्तालाई तीन लाख रुपैयाँसम्मको बिमा, सिजी टिभी, घडी र इयरफोनजस्ता उपकरणहरूमा पनि भारी छुट साथै पैसा फिर्ता योजना ल्याएको छ ।

सिजीनेट प्रयोगकर्ताले ४ लाख रुपैयाँ बराबरको सेवासुविधा सजिलै प्राप्त गर्ने जनाइएको छ । १ सय ३० एमबीपीएस क्षमताको नेट ७ सय ९९ रुपैयाँ मूल्यमा नेपाली बजारमा ल्याउने तयारीमा कम्पनी लागेको छ । नेट व्यवसायमा नयाँ फड्को मार्ने लक्ष्य पनि लिएको जनाएको छ ।