धरान । झापा प्रहरीले विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका वडानम्बर ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका वडानम्बर ५ बाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको रैथाने र बोइलर कुखुरा नियन्त्रणमा लिएको हो । २४ थान रैथाने र १६ थान ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो । प्रहरीले मङ्गलबार कुखुरा नियन्त्रणमा लिएको हो । उक्त कुखुराहरू पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरेको हो ।

_