धरान । केन्टका विभिन्न उत्पादनहरूलाई चौधरी ग्रुप इलेक्ट्रोनिक्सले बजारमा ल्याएको छ ।
पछिल्लो समय उत्पादित केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आर.ओ. मोडेल नेपाली बजारमा ल्याएको हो । स्वच्छ पिउने पानी छान्नका लागि यी सामग्री बहुउपयोगी मानिने कम्पनीको दाबी छ । डिजिटल डिस्प्लेका साथमा सामग्री सार्वजनिक भएको हो ।
आर.ओ. वाटर प्युरिफायर रहेको कम्पनीले जनाएको छ । शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आर. ओ. प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिने बताए । पानीलाई सतप्रतिशत शुद्ध गर्ने जनाइएको छ ।
यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक र फ्लोराइडजस्ता विघटित अशुद्धताहरू हटाउने कम्पनीले जनाएको छ । केन्ट पर्ल स्टारको बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
त्यस्तै केन्ट क्रिस्टल स्टारको बजार मूल्य ४८ हजार ९ सय ९० र केन्ट क्रिस्टल प्लसको मूल्य ३५ हजार ९ सय ९० रहेको छ । केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाण–पत्र प्रदान गरिएको छ ।