धरान । सिजी होल्डिङ्सअन्तर्गतको अल्कोे–वेभ डिभिजन हिमालयन ब्रुअरीले ‘हिमालयन’ नामक प्रिमियम बियर नेपाली बजारमा भित्र्याएको छ ।
होली चाडलाई लक्षित गर्दै बियर नेपाली बजारमा भित्र्याएको हो । स्पिङ वाटर प्रयोग गरी उत्पादन गरिएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा फरक स्वादमा रहेको पनि कम्पनीले जनाएको छ । यसमा ६ प्रतिशत मात्रै अल्कोहल रहेको कम्पनीले जनाएको छ ।
३ सय ३० एमएल र ६ सय ५० एमएल बोतलमा उपलब्ध रहेको बियरको बजार मूल्य पनि एक सय ६५ रुपैयाँ र ३ सय १० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
हिमालयन ब्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडौँ र कमान्डोजस्ता बियरको उत्पादन गर्दै आएको छ ।