विराटनगर । भारततर्फ तस्करी हुन लागेको एक ट्याक्टर मदिरा मोरङ प्रहरीले बरामद गरेको छ ।
मोरङको जहदा गाउँपालिका १ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ तस्करी हुन लागेको दिलवाले रक्सी १५० कार्टुन मोरङ प्रहरीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गरेको रक्सीको मुल्य १ लाख ३५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
आइतबार राती १० बजे प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
तस्करी हुन लागेको मदिरा ट्याक्टर हालेर लैजादै गरेको अवस्थामा प्रहरीलाई देख्न साथ चालक रक्सी र ट्याक्टर छोडी फरार रहेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । भारतको बिहार प्रदेशमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाएको कारणले तस्करी हुने गर्दछ ।