धरान । मोरङको विराटनगर महानगरपालिका–१६ मा भन्सार छली गरी भिœयाइएको लत्ताकपडासहितका खाद्यान्न बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार भारतबाट ल्याउँदै गरेको अवस्थामा एक लाख ३९ हजार रुपैयाँ बराबरको कपडा र खाद्यान्न नियन्त्रणमा लिइएको हो ।
अवैधरूपमा भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा सेन्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउजलगायतका सामग्री बरामद गरिएको हो । त्यस्तै खाद्यान्न पनि बरामद गरिएको छ ।
लत्ताकपडा तथा खाद्यान्न आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।