बिर्तामोड । झापामा फेरी सुपारी तस्करी हुन थालेको छ । नेपाल–भारत सिमानामा परिचालित प्रहरीले लगातार रुपमा सुपारी बरामद गर्न थालेसँगै तस्करी शुरु भएको खुलेको हो ।  

प्रहरीले मेचीनगरका दुई स्थानबाट १५० केजी सुपारी बरामद गरेको छ । अबैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको हो । प्रहरीले मेचीनगर–६ बाट ९० केजी सुपारी बरामद गरेको जनाएको छ ।

त्यसकै नजिकबाट नेपाल देखि भारत तर्फ लादैं गरेको ६० केजी सुपारी बरामद गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।  बिषेश गरी तस्करहरुले बिहानको राती सुपारी भारत कटाउने गरेको प्रहरीको भनाई छ ।

भारत देखि अबैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको ३ लाख २० हजार मुल्य बराबरको कपडा समेत प्रहरीले बरामद गरेको छ । बरामद गरेको कपडा र सुपारी अवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको बताइएको छ । बरामद सामग्रीको मुल्य ४ लाख रुपैंयाँ रहेको प्रहरीले जनाएको छ ।