बिर्तामोड । झापा प्रहरीले लागु औषध ब्राउनसुगर बिक्रेता दुइजनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–३ बाट लागू औषध बिक्रेता फरमान अलि र मनोज गणेशलाई पक्राउ गरेको हो ।
बिषेश सुचनाका आधारमा स्थानीय बिहारी उरावको खाली घरमा लागू औषध कारोबार भइरहेको स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर र डिजिटल काँटा फेला परेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसंधान भइरहेको उनले बताए ।