मोरङको विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर-६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएकाे छ ।
कार्यालयका अनुसार लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई विराटनगर-११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हाे ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।