झापाको शिवसताक्षी नगरपालिका १० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माई नगरपालिका ८ का २५ वर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका ३ का ४३ वर्षीय बेनु प्रसाद चिमरिया र कन्काई ४ का ३२ वर्षीय हेम नारायण चौधरी, दमक नगरपालिका १० का २८ वर्षीय सुजन राई र दमक नगरपालिका ९ का २५ वर्षीय सुरज तामाङलाई रहेकाे इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ ।
कार्यालयका अनुसार राई, चिमरिया र चौधरीकाे साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको भने सोही स्थानमा लागुऔषध खरिद गर्न आएका सुजन सुरजलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका उनिहरूमाथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाउकाे छ ।