धरान । झापाको गौरादहमा एमालेका जिल्ला नेता दीपक कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त कुँवरका अनुसार एमाले जिल्ला अध्यक्ष कार्कीको घर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु बिहानै फेला परेको हो । उनका अनुसार तत्काल नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरी निष्कृय पार्ने कार्य भइरहेको छ ।
नेता कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहानै साढे ५ बजेतिर घर अगाडिको सडक किनारमा प्रेसर कुकर बम फेला परेको उल्लेख गरेका थिए । उनले शंकास्पद वस्तु ‘किन, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।