विराटनगर । नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर – १५ स्थित २ नं. गेट नजिकबाट १३ वर्षिय बालिकाको उद्धार गरको छ । 

प्रहरी र साना हात नामक गैरसहकारी संस्थाले झापाको १३ वर्षिय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।

नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालीकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको मध्ये एक जना भारतीय नागरिक रहेका छन् । 

भारत घर भइ झापा बिर्तामोड नगरपालिका ५ मुर्तीचौकमा डेरा गरी बस्ने बर्ष २३ वर्षिय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका वडा ४ सपही बस्ने १९ वर्षिय सिरिसा सिंह महथाले पक्राउ गरेको छ । पक्राउ परेका सहनी र सरिसा प्रेमीप्रेमीका हुन् । उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडीदेखि चिनजान भएपछि नजिकिएका थिए ।

‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर बिर्तामोड बलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन् । त्यहीका १३ वर्षिय बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ एसपी कोइरालाले भने, ‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बावुआमा कोही छैन । मेरो आफन्त भनेको मेरो उहाँहरु दाजु, दिदी  हो । भन्नलगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।’

इलका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।