धरान । धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले गाँजासहित आमाछोरीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मातहतको देउराली प्रहरी चौकीको टोलीले आमाछोरीसहित अर्का एक किराना पसल सञ्चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका सूचना शाखाका अनुसार ४५ वर्षीय सीमा राई र २० वर्षीया बिनिका राईलाई दुई केजी गाँजासहित पक्राउ गरिएको हो । उनीहरूको बारीबाट २० बोट गाँजा पनि नष्ट गरिएको छ ।
उनीहरूले दिएको बयानका आधारमा किराना पसल सञ्चालन गर्दै आएका रितबहादुर राईलाई पनि पक्राउ गरिएको छ । उनले किराना पसलबाट पोका बनाएर गाँजा बिक्री गर्दै आएको खुलेको छ ।
पक्राउ परेका आमाछोरी र रितबहादुरलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इप्रका धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनीहरूले धनकुटा क्षेत्रबाट गाँजा ल्याएर बिक्री गर्ने गरेको खुलेको छ ।