विजयपुर । धरान–११ मा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
बिहीबार धरान–१८ का २३ वर्षीय मन्दिव राईलाई खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट राई सामान्य घाइते भएका छन् । उनलाई धरान–११ स्थित कुविर्ता चोकमा बोलाएर धरान–११ का राईजङ राईको समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
खुकुरी प्रहारबाट राई सामान्य घाइते भएका छन् । उनलाई आक्रमण गर्ने राईजङ राई पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।