देउराली । धरानको एक होटलमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् ।
धरान १० स्थित एक होटलमा पर्सा वीरगन्ज घर भएकी २७ वर्षीय एक युवतीले बुधबार दिउँसाे आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठले बताएका छन् ।
उनका अनुसार गम्भिर अवस्थामा रहेकी ती युवतीको उद्वार गरी प्रतिष्ठानको सघन कक्षमा उपचार भइरहेको छ ।
काठमाण्डाैको एक मेनपावरमा कार्यतर ती युवती मंगलबार धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका आकस्मिक कक्षमा कार्यरत डा . करण यादवलाई भेट्न धरान आएको खुलेको छ ।
डिएसपी श्रेष्ठका अनुसार घटनापछि डाक्टर यादवलाई नियन्त्रणमा लिइ अनुसन्धानका क्रममा युवती यादवकी प्रेमी रहेको यादवले स्विकार गरेको भएपनि आत्महत्याकाे प्रयास गर्ने युवती बोल्न नसक्ने अवस्था रहेकोले उनिबारे थप जानकारी आइसकेको भने छैन ।
"उनिहरू गल्फ्रेन्ड बोइफेन्ड रहेको र मंगलबार ती युवती अचानक धरान आएकाले होटलमा राखेको ती डाक्टरले बताएका छन्, होटलको साहुनीले भने राती डाक्टर पनि होटल आएको भन्नु भएको छ ।" डिएसपी श्रेष्ठले भने " युवती बोल्ने अवस्थामा नरहेकोले यही हो भन्ने अवस्था छैन अविभावकलाइ खबर गरेका छौं वहाँहरू आउदै हुनुहुन्छ । "