इटहरीमा आफ्नै आमाले ३ महिने शिशुको घाटी थिचेर हत्या गरेकी छन् । 

उपमहानगरको १७ नम्बर वडा स्थित मुसहर टोलकी ३२ वर्षीया आमा उर्मिला सुनारले आफ्नै तीन महिने छोरा भुवन विकको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत जेठ २४ गते अपराह्न ५ बजेर १० मिनेटमा मादक पदार्थ सेवन गरेर सुनारले छोरा भुवनको घाटी थिचेर हत्या गरेकी हुन्  । 

घटना भए लगत्तै प्रहरीले नियन्त्रणमा लिएको सुनुवारलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।