धरान । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका ४८ वर्षीय डिजेन राजवंशी र पाँचथर फिदिम नगरपालिका–७ का २२ वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार साँझ करिब ७ बजेतिर राजवंशीको घरको कोठामा जाँच गर्दा १५ ग्राम ब्राउनसुगर, एउटा डिजिटल तराजु, २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ नगद बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा गुरुङसमेत घटनामा संलग्न रहेको भन्ने बयान दिएपछि दुवैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।