धरान । अप्राकृतिक मैथुन मुद्दाका फरार अपराधीलाई झापा प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । 

झापा जिल्ला अदालतले २०७३ असार ९ गते फैसला गरे पनि पुनरावेदन परेको मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासले २०७५ फागुन १ गते ६ वर्षभन्दा बढी कैद सजाय फैसला गरेको मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार झापा भद्रपुर नगरपालिका–४ का सुक्लो सोरेनलाई पक्राउ गरी कारागार चलान गरिएको हो ।

२४ वर्षीय सोरेनमाथि ६ वर्ष ८ महिना २० दिन कैद र पीडितालाई १० हजार रुपैयाँ क्षतिपूर्तिबापत भरण गर्नुपर्ने फैसला गरेको थियो । पक्राउ परेका सोरेनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराई जिल्ला कारागार चन्द्रगढी पठाइएको छ ।