घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भएकाे छ । 

पाँच दिनदेखि भरतपुर अस्पतालमा  उपचाररत माझीको गएराति उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

पाँच दिनअघि श्रीमान् रामचन्द्र माझीले गीताको मलद्वारमा लौरो घुसाउँदा  यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको  उपचारमा संलग्‍न  चिकित्सकले जनाएका छन् । घटना लगत्तै पक्राउ परेका श्रीमान् रामचन्द्रमाथी  ज्यानसम्बन्धी र बलात्‍कार मुद्दामा कानुनी प्रक्रिया अघि बढेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।