विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना रमेश माझीले संचालन गरेको कृषि फर्ममा काम गर्ने युवाहरू हुन् ।
मालदाइ होहल्ला गर्दै कृषि फर्म तिर आएपछि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ‘बाँसको मुङग्रोले हानेर हत्या गरेको प्ररम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले तीन जनालाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको छ ।’
शनिबार राती मालदाइ भाइ चित्र कुमार श्रेष्ठको कृषि फर्मतिर आउँदै थिए । कृषि फर्मदेखि करिब ५० मिटर दक्षिण कटहरी गाउँपालिका २ जमटोकी टोलको थानमार्गमा मालदाइ आएपछि पक्राउ परेका तीन जनासँग भेट भएको थियो ।
‘मालदाइ होहल्ला गर्दै हिडेपछि बाटोमा बसेका ती युवाहरूले ‘चुप लाग’ भनेका रहेका छन् । मालदाइले झन होहल्ला गरेपछि पक्राउ परेका रविनले बाँसको मुङग्रोले टाउँकोमा हान्यो । मालदाइ उछिटिएर बारीमा पुगे । छटपटि रहेको बेला हातमा बोकेका मुङग्रो र ढुङले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी कोइरालाले भने, ‘यो योजनाबद्ध तरिकाले घटना भएको देखिदैन ।
आवेगमा आएर घटना घटेको देखिन्छ ।’ मालदाइको हत्या भएको समय ११ बजे रहेको प्रहरीले जनाएको छ । हत्या गरेपछि रविन मालदाइको शव हेर्न घटनास्थलमा पुगेका थिए । ‘हत्या गरेपछि १ बजे रविन शव हेर्न गएको देखिएको छ,’ एसपी कोइरालाले भने ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए ।
शनिबार राती साढे १० घरदेखि करिब ढेड किलोमिटर उत्तर कटहरी गाउँपालिका २ जमटोकी टोलको थानमार्गमा रहेको भाई चित्र कुमार श्रेष्ठको कृषि फर्ममा जान्छु भनेर हिडेका तुलसीको हत्या गरेर फालेको अवस्थामा आइतबार विहान शव भेटिएको थियो ।
अबिवाहित मालदाइ भाइसँग कटहरी २ आर्दश टोलमा बस्दै आएका थिए । उनीहरू ६ जना दाजुभाई हुन् । मृतक तुलसी माइला हुन् । मृतकका भाइ चन्द्रले बिहीबार मात्र कटहरी २ मा युवराज श्रेष्ठको कृषि फर्म ४ लाख रुपैयाँमा किनेका थिए । तेही कृषि फर्म जान्छु भन्दै घरबाट हिडेका मालदाइको फर्म नपुगि तीन युवाले हत्या गरेका प्रहरीले जनाएको छ ।