धरान । भारतबाट राजस्व छली र चोरी पैठारी गरी ल्याइएको सामान फिटिङ गरेर बिक्री गरेको आरोपमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका ६ का ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो । अमन इलेक्ट्रिक एन्ड रिपेयरिङ सेन्टर सञ्चालन गरेका अलतफले पानी तान्ने मोटरका पार्टस्, मेसिनरी पार्टस् ल्याई फिटिङ गरेर अन्य कम्पनीको स्टिकर टाँस गरी बेचेको आरोपमा सामानसहित पक्राउ गरेको हो ।
प्रहरीले ४ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको राजस्व छली गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई सोमबार पक्राउ गरेको हो ।