बिर्तामोड । झापा प्रहरीले ठुलो परिणाममा ब्राउनसुगरसहित तीन जनालाई बरामद गरेको छ । बिषेश सूचनाका आधारमा झापाको शिबसताक्षी नगरपालिका–११ दुधेबाट भारतबाट नेपालमा ब्राउन सुगर सप्लाई गर्दै आएका दुईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले भारतको पश्चिम बंगाल प्रदेशको दार्जिलिङ बस्ने सुरेन मरमन, सोही स्थानका अर्जुन रोय र झापाको भद्रपुर–७ का हरदिप राजबंशीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट २ सय ३ ग्राम ४ सय १० मिलिग्राम ब्राउनसुगर, ३८ हजार ७३० रुपैंयाँ नगद र प्रदेश १–१०–१५–प ४२१६ नम्बरको नेपाली र डब्लु बी ७४ भि ६४३९ नम्बरको भारतीय मोटरसाइकल बरामद भएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेका भारतीय नागरिकले लामो समयदेखि नेपालमा ब्राउनसुगर सप्लाइको काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।