मिर्चैया नगरपालिकामा सञ्चालित मासु पसल, दूध डेरी उद्योगमा अनुगमन गरिएको छ ।
मिर्चैया नगरपालिका अन्तर्गत रहेको पशु सेवा कार्यालयद्वारा अनुगमन गर्ने क्रममा मासु, माछा पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा केन्द्र मिर्चैयाका संयोजक नागेश्वर हाथीले बताए ।
मिर्चैयाको बजारदेखि कटारी चोकसम्म रहेका मासु पसल, माछा पसल, दूध डेरी उद्योग सञ्चालित पसलहरुमा अनुगमन गरिएको मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत डम्बरध्वज आङदेम्बेले बताए ।
अनुगमन टोलीमा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवणकुमार यादव, मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत आङदेम्बे, पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्वर हाथी, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) राजेन्द्र श्रेष्ठ, मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, मिर्चैया ५ का वडाअध्यक्ष धिरेन्द्र साह, मिर्चैया ६ का वडाअध्यक्ष देवकृष्ण साह, खरिदार राजगिर यादव, कर्मचारी धन्जय महतो, सशस्त्र प्रहरी बल सुरक्षा बेसका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।