नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटना परी मृत्यु भएको छ ।
चारआली–चन्द्रगढी सडक खण्डमा आफैंले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका ५ घर भएका प्रसाईं बा१च प ८१८२ नम्बरको कार आफैं चलाएर चन्द्रगढीतर्फ जाँदै गर्दा बिपी स्तम्भमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना परेर गम्भीर घाइँते भएका प्रसाईंको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।