सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले सीप विकास कार्यक्रमअन्तर्गत महिलाहरुलाई सिलाइ मेसिन प्रदान गरेको छ ।
महिलालाई आत्मनिर्भर बनाई उनीहरुको जीवनस्तर उकास्न मिर्चैया नगरपालिकाले वडा नं. १० का २० जना महिलालाई सिलाइ मेसिन निःशुल्क वितरण गरेको मेयर श्रवणकुमार यादवले बताए ।
नगर प्रमुख यादवले एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरे ।
महिलालाई सिलाइ पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने नगरको उद्देश्य रहेको मेयर यादवले बताए ।
सिलाइ मेसिन वितरण गरिएका २० जना महिलालाई ३ महिनाको सिलाइ कटाइ तालिमसमेत दिइएको छ ।
सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुनःर्ताजगी तालिमका लागि नगरपालिकामा माग गर्न मेयर यादवले आग्रह गरे ।
तीन महिना अघि सिलाई तालिम दिई दक्ष बनाई महिलाहरुलाई एक कार्यक्रमका बीच २० वटा सिलाइ मेसिन हस्तान्तरण गरिएको हो ।
आर्थिकस्थिति कमजोर भएका र विपन्नलाई मेसिन उपलब्ध गराइएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित साहले जानकारी दिए ।
कार्यक्रममा उपमेयर जिवछीदेवी साहको अध्यक्षतामा सिलाई मेसिन वितरण कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १० का वडध्यक्ष राम चन्द्र मंडललगायतका सहभागी थिए ।