इटहरी / केहि बर्ष देखि सामाजिक काम गर्दै आएको लिबरल सोसाइटी क्लवले कोरोना संक्रमितको घरमा डाक्टर सेवा उपलब्ध गराएका छन । होम आइसोलेसनमा रहेका इटहरी २० र १९ वडाका संक्रमितको घरमा डाक्टर सहितको सेवा सुरु गरेका हुन ।
देशै भरिका होम आइसोलेसनका संक्रमितलाई बेवास्ता गरेको गुनासो आइरहेका बेला हङकङ तरहरा मंचको सहयोग र लायन्स क्लव अफÞ घोपाका चिकित्सक टोलीको सहकार्यमा लिबरल सोसाइटी क्लवले इटहरीका ती वडाहरुमा पुगेर डाक्टर सेवा दिदा संक्रमितहरु समेत उत्साहित भए ।
क्लवका अध्यक्ष सुबेक्छु देवान भन्छन् आजै देखि हामीले संक्रमितको घरमै डाक्टरी सेवा दिएका हौ । उनका अनुसार घरघरमा पुगेर डाक्टरले काउन्सिलिङ सहितको उपचार गर्दा संक्रमितले निकै राहात महसुस गरेको पायौं अध्यक्ष देवान भन्छन् । अब यो अभियान निरन्तर दिने छौ उनी थप्छन् ।
उपचार गर्न जाँदा संक्रमितलाई स्वास्थ्य जाचका साथै औषधी , मास्क ,सेनिटाइजÞर पनि दिएका छ । क्लवले यस अघि पनि इटहरी उप–महानगरपालिका का कोभिड संक्रमितका घर घरमा सनिटाइज गर्ने लगायतका कार्य गर्दै आइरहेको छ । केहि बर्ष देखि क्लबले इटहरी क्षेत्रमा रचनात्मक रुपमा समाजिक काम गर्दै आएको छ ।
्