उर्लाबारी / नेपालमा कोभिड–१९ नियन्त्रणको लागि नेपाल सरकारले गत बर्षको चैत्र ११ गते देखि लकडाउन सगैँ बर्ष कोभिड–१९ शुरु भएदेखि नै दक्षिणी मोरङमा पर्ने रतुवामाई नगरपालिकाको अग्रपंक्तीमा सधै सकृय हुने नगर प्रमुख रविन राईमा पनि संक्रमण देखिएको छ ।
सोमबार गरीएको एन्टिजेन परिक्षणमा नगर प्रमुख राई सहित उहाँकी १० बर्षीय छोरीको समेत रिर्पोट पोजेटिभ आएको हो । कोभिडको संक्रमण देखिए पछि नगर प्रमुख राई र छोरी आफनै घरमा आईसोलेट भएका नगर प्रमुखको सचिवालयले जनाएको छ ।
भारत सगँ सिमाना जोडीएको उक्त नगरपालिकामा हाल सम्म १ सय ४६ जनामा संक्रमण देखिएको ५० जना उपचार पश्चात घर फर्कीएका र ३ जनाको निधन भएको नगरपालिकाले जनाएको छ । खुल्ला सिमाना र ठूलो भौगोलिक भएकाले ४७ बर्षीय युवा उमेरका नगर प्रमुख राई कोभिडको संक्रमण नियन्त्रणको लागि अत्यन्तै सकृयताका लागि परेका नगरबासीहरुले बताएका छन ।