वराहक्षेत्र नगरपालिका २ नम्बर वडाका युवाहरुले अति विपन्न तीस घरपरिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरेका छन् । 

कोरोना संक्रमणका कारण मजदुरी गुमाएका वराहक्षेत्र २ का अतिविपन्न नागरिकलाई राहत सामग्री प्रदान गरिएको राष्ट्रिय युवा संघ वराहक्षेत्र २ नं. वडा कमिटीका सहसंयोजक अच्युत खड्काले जानकारी दिए । 

नेकपा एमाले वराहक्षेत्र वडा नं. २ कमिटी, राष्ट्रिय युवा संघ नगर कमिटी, जिल्ला कमिटी सुनसरीलगायतको सहयोगमा राष्ट्रिय युवा संघ वराहक्षेत्र २ नम्बर वडा कमिटीको सक्रियतामा खाद्यान्न तथा राहत सामग्री वितरण गरिएको हो ।

विभिन्न दाता तथा समाजसेवीको सहयोगमा विपन्नलाई राहत प्रदान गर्न घरदैलोमा पुगेको सहसंयोजक खड्काले बताए ।