भण्टाबारी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा संचालित रहेको सजिलो कृषि सहकारी संस्थाले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सजिलो सहकारी संस्था भोक्राहाका अध्यक्ष हाजी इसराइल मन्सुरीको नेतृत्वमा सुरक्षाकर्मी र अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय लौकही, प्रहरी चौकी भोक्राहा,प्रहरी चौकी उल्टी र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका रहेका अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्रीका साथै रोग प्रतिरोधात्मक क्षमता बढाइने विभिन्न औषधिसमेत वितरण गरिएको संस्थाका अध्यक्ष मन्सुरीले जानकारी दिए ।
उनीहरूलाई पिपिइ सेट, ३०० थान मास्क, १०० थान फेस सिल्ड , ६० थान ह्यान्ड सेनिटाइजर र हेन्ड्ग्लोब्स लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
सजिलो कृषि सहकारी संस्थाले आफ्नै पहलकदमीमा विभिन्न स्वास्थ्य सामग्री खरिद गर्दै कोरोना भाइरसको दोस्रो लहरको बेला फ्रन्टलाईनमा जोखिम मोलेर अहोरात्र जनताका सुरक्षामा खटिने प्रहरीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको मन्सुरीले बताए ।
स्वास्थ्य सामग्रीसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि ग्रहण गर्दै सुरक्षाकर्मी र अपांगता भएका व्यक्तिहरुले सजिलो सहकारी संस्थाप्रति आभार प्रकट गरेका थिए ।