yuba sangh


धरान ( ब्लाष्ट) नेकपा एमाले धरान नगर १५ नं. वडा कमिटी र नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपाल धरान नगर कमिटीले धरान १५ स्थित स्वीमि¨ पुल निवासी मजदुर परिवार लगायतलाई दाल चामल लगायतका राहत प्रदान गरेको छ । 

राष्ट्रिय  युवा संघ नेपालका धरान नगर कमिटी संयोजक भवानी दहालका अनुसार स्वीमि¨ पुल छेउका विपन्न तथा मजदूर वर्गका ११ घर धुरीलाई सो राहत प्रदान गरिएको थियो ।समाजसेवी कृष्ण विष्टको अनुरोधमा युवा संघले सो स्थानमा राहत सामग्री प्रदान गरेको थियो 

नेकपा एमाले धरान नगर कमिटी सचिव विशाल भट्टराईका अनुसार सो राहत राष्ट्रिय युवा संघको नेतृत्वमा भइरहेको बताए । 

यसैगरी धरान १५ कै दीपेन्द्र बस्तीका ४ घर परिवारलाई पनि राहत सामग्री वितरण गरिएको र क्रमवद्ध रुपमा आवश्यक घर परिवार हेरी राहत सामग्रीमा विपन्न तथा मजदूर वर्गको पहु“चका लागि हर प्रयास गरिरहेको युवा संघ संयोजक दहालले बताए । राहत संकलनका लागि सक्नेहरुस“ग अनुरोध गर्दै कोही भोकै बस्नु नपरोस भन्ने मूल मन्त्रका साथ आफू युवाहरु लागि परेको उनले बताए ।