वराहक्षेत्र÷वराहक्षेत्रको वार्ड नं. ९ कपन धरहरा स्थित कोशी नदी किनारमा वेवारिसे अवस्थामा भेटिएको शव ईटहरी उपमहानगरपालिका वार्ड नं २ भानुभक्त टोल बस्ने देवेन्द्र श्रेष्ठ को रहेको खुल्नमा आएको छ ।

शव लाई मृतक की श्रीमती सीता श्रेष्ठले पहिचान गरेकी थिईन् ।  ५० वर्षका श्रेष्ठ वैसाख २८ गते वाट हराएको श्रीमती श्रेष्ठलाई उद्र्धत गर्दै ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पांडव राजवंशीले बताए । 

श्रेष्ठको शव बुधवार विहान ११ वजेर २० मिनेटमा नदीमा घोप्टो अवस्थामा भेटिएको थियो । शवको विहिवार फोस्टमार्टम पछि परिवार लाई जिम्मा लगाईने प्रहरीले बताएको छ ।