लुथरन विश्व फेडेरेशनको सहकार्यमा आज न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापाले कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
पालिका अध्यक्ष अन्जरा आलममार्फत् स्वास्थ्य सामग्री पीपीइ, केन ९५ मास्क, ग्लोब्स, नेबुलाइजर, फेस शिल्ड, एन्टिजेन किट, अक्सिमिटरलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा पालिकाका हेल्थ अफिसर, संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष समेतको उपस्थिति रहेको न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापाका संयोजक कुमार चुडालले जानकारी दिए ।