पाँचथरको कुम्मायक गाउ“पालिका केन्द्रस्थित यासोक बजार कालोपत्रे नरोक्न उच्च अदालत विराटनगरको इलाम इजालसले अन्तरिम आदेश गरेको छ । 

यासोक बजारदेखि तमोर पम्पिङ खानेपानी समितिको कार्यालयसम्म कालो पत्रेको काम रोक्न अल्पकालीन अन्तरिम आदेशकोे माग राख्दै जग्गाधनी प्रकाशमणि बिसी, ऐगेन्द्रबहादुर खड्का, रामबहादुर कार्की, तिलक बुढाथोकी र संकेत बुढाथोकीले वैशाख ६ गते उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सो रिट उपर वैशाख २१ गते उच्च अदालत विराटनगर र इलाम इजलासका न्यायाधीशद्वय शिवनारायण यादव र सोमकान्त मैनालीबाट अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेका हुन् । 

रिट निवेदकको तर्फबाट अधिवक्ता खगराज कट्टेलले गरेको बसह र विपक्षी सहरी विकास तथा भवन कार्यालय इलामका निमित्त प्रमुखको बहसबाट यासोक बजार विस्तारका लागि सहमति सम्झौता गरी बाटो निर्माण गरिएको मिति २०७७ पुष ३ गते भएको सम्झौताको सर्तबाट देखिएको र बाटो निर्माण पनि भएको भन्ने पेश गरेको फोटाहरुबाट देखिंदा निवेदकले उठाएको विषयवस्तुका सम्बन्धमा अन्तिम सुनुवाइ हुँदाका बखत ठहरेबमोजिम हुने हुँदा  २०७८ वैशाख ६ गते जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहन परेन भन्ने उल्लेख छ ।

जग्गाधनीहरुले गाउ“पालिका र गाउ“पालिका अध्यक्ष, सहजीकरण समिति अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष देवेन्द्रकुमार लावती, साथै निर्माण व्यवसायी सीतादेवी बस्नेत, सहरी विकास तथा भवन निर्माण कार्यालय इलामलाई विपक्षी बनाई रिट दायर गरेका थिए । 

सडक निर्माणका लागि लगत कट्टा गरेर दिएको स्थानमा आनो घडेरी सक्ने गरी काम भएको आरोप लगाउ“दै अदालतमा रिट दायर गरिएको थियो । तर अदालतले आफ्नो पक्षमा फैसला नगरे पनि छलफल गरी निकास निकाल्ने रिट निवेदक ऐगेन्द्रबहादर खड्काले बताए । 

‘कालोपत्रेको काम रोक्ने हाम्रो नियत होइन, तर हाम्रो जग्गा मासिनु हुन्न’ उनले भने, ‘अब पुनः क्षतिपूर्तिको माग दाबी गर्न सक्ने आधार छ, यो विषयमा छलफल गर्छौं ।’

अदालतले कालोपत्रेको काम नरोक्न फैसला गरेको भन्दै कालोपत्रेको कामले गति लिने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । 

पुरानो सडक मासेर आफूखुसी भीरमा कालोपत्रे सडक बन्नुपर्छ भन्ने तर्क गर्नु ठीक नभएको चेम्जोङले बताए । ‘आफूखुसी भीरमा बाटो बनाउनु पर्छ भन्ने जग्गावालाको तर्क छ, हामीले यो विषयमा पटक–पटक सहमति गर्यौं, सहमतिअनुसार काम गर्दा समेत उल्टै काम रोक्न भनी मुद्दा हालियो ।’ चेम्जोङले भने । 

प्रदेश एक सरकारको सहयोगमा यासोक बजारमा साढे तीन किलोमिटर बजार कालोपत्रे हुँदै आएको छ ।