धरान/कोरोना महामारीका कारण फिल्म क्षेत्र प्रभावित भइरहेको बेला ठूलो पर्दाका नायिकाहरू टेलिफिल्मतिर आकर्षित हुन थालेका छन् ।

नायिका हर्षिका श्रेष्ठ नयाँ टेलिफिल्म सम्बन्धमा देखिन लागेकी छन् । फिल्मलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरिरहेका छन् । यतिबेला सम्बन्ध छायाङ्कनको क्रममा छ । टेलिफिल्म पारिवारिक कथावस्तुमा आधारित रहेको निर्देशक आचार्यले बताए ।

जसमा हर्षिकाका अलावा शिशिर राणा, सपना श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुङ्गानाको अभियन रहेको छ । फिल्म काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको टेलिफिल्मको प्रस्तुतकर्ता भने करुण आचार्य हुन् । टेलिफिल्म चाँडै नै दर्शकमाझ आउने बताइन्छ ।