धरान । कोरोनाभाइरसको लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको निधन भएको छ ।
७३ वर्षीय प्राइनलाई मार्चमा कोरोनाको लक्षण देखिउको थियो । त्यसो त उनको श्रीमतीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । उनको मृत्युको कारण कोरोनाको संक्रमण नै हो या अन्य हो भन्ने विषयमा पुष्टि भइसकेको छैन । एनजल, श्याम स्टोनलगायत गीतबाट चर्चा कमाएका प्राइनले धेरै पटक ग्रामी अवार्ड हात पारेका थिए ।
रोलिङ स्टोनले त प्राइनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को उपनाम दिएको थियो । प्राइनको मृत्युमा विश्वभरका संगीतकर्मीहरूले समवेदना प्रकट गरेका छन् ।