धरान/ नायक तथा मोडल आयुष्मान देशराज जोशी र नायिका प्रियङ्का कार्कीबीचको भारतीय र नेपाली शैलीको विहेको राज खोलिएको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् कार्कीले भारतीय र नेपाली शैलीमा गरेको विहेको राज खोलेकी हुन् । उनले परिवारका सबै सदस्यहरूको रोजाइअनुसार विहे गरेको बताएकी छन् ।
उनले भारतीय र नेपाली संस्कारलाई फ्युजन गरी विहे गरेको इन्स्टाग्राममा लेखेकी छन् । उनले आफ्नो परिवारमा विभिन्न संस्कृति मान्ने मानिसहरू भएकाले पनि विहे दुई देशको शैलीमा गरेको बताएकी छन् ।
उनको आमा रक्षा मल्होत्रा पञ्जावीमूलकी हुन् । उनले यो विहेलाई सामान्य रूपमा लिनका लागि आग्रह गरेका छन् । उनीहरूको विहे फागुन १५ गते भएको थियो ।