धरान/ अभिनेत्री तथा मोडल रेखा लिम्बू बेहुली बनेकी छन् । उनको बेहुला बनेका छन् मौसम इम्बुङ लिम्बू अर्थात् फुलेन्देको बाउ ।
गायक बब्रिम शेर्मा र गङ्गा फियाकको लिम्बू भाषाको गीत ‘नारान स्याङ्लो हुर्लालाई पक्कन्दी’ मा रेखा र मौसम बेहुला बेहुली बनेका हुन् ।
नेम खापुङको शब्द र बब्रिम शेर्माकै सङ्गीत रहेको गीतको भिडियोलाई रवि शेर्माले निर्देशन गरेका हुन् । भिडियोलाई भूपेन्द्र तुम्बाहाङ्फे लिम्बूले छायाङ्कन गरेका छन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् ।
दिनेश माङ्मुले कोरियोग्राफी गरेको भिडियो लिम्बू भाषा नबुझ्नेका लागि पनि आकर्षक बनेको छ । लामो समयदेखि निर्देशन, अभिनय र पछिल्लो समय फुलेन्देको बाउका रूपमा क्यारिकेचर गरेर चर्चामा आएका मौसम तथा मोडलिङ हुँदै फिल्ममा समेत अभिनय गरिरहेकी रेखाको जोडीले यो भिडियोमा पनि उत्कृष्ट अभिनय गरेको छ ।