धरान/ उदितनारायण झाले नेहा कक्कडलाई बुहारीको रूपमा भिœयाउन चाहेको खबर बाहिरिएको छ ।
तर, छोरा आदित्य नारायणले भने आफ्नो करिअरलाई लिएर बढी चिन्तित रहेको बताइन्छ । उदितनारायणले नेहाका विषयमा आदित्यलाई बेला–बेलामा भन्ने गरेका छन् । तर, त्यो सुनेपछि आदित्य चिढिने गरेको खबर बाहिरिएको छ । त्यसो त इण्डियन आइडलमा आदित्य र नेहाको विषयमा खुबै चर्चा भएको थियो ।
उनीहरूको विवाहलाई लिएर रचिएको टिआरपी (टार्गेट रेटिङ पोइण्ट) ले निकै चर्चा कमाएको थियो । वास्तविक जीवनमा पनि उदितले नेहालाई चाहेको बुझ्न सकिन्छ । तर, छोराले भने अहिले नै यसबारे मुख खोलेका छैनन् । एक मिडियामा अन्तरवार्ता दिने क्रममा उदितले भनेका छन्, ‘नेहा र आदित्य रियल लाइफमै विवाह गरुन् । तर आदित्य आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् । म आदित्यलाई नेहाको नाम लिएर खुबै चिढ्याउँछु । तर, उनी सिधै इग्नोर गरिदिन्छन् ।’
नेहा अहिलेको चर्चित गायिकामध्येको एक भएको उदित बताउँछन् । केही समयअघि नेहाले आदित्यका बारेमा भनेकी थिइन् कि आदित्य आफ्नो प्रेमिकासँग चाँडै नै विहे गर्दैछन् । उनीहरूको जोडी खुशी र सुखी होउन् । इण्डियन आइडलको सिजन ११ मा आदित्य र नेहाबीचको विवाहको ढोंग रचिएको थियो ।
रियालिटी शोको टिआरपी बढाउनका लागि गरिएको उक्त विवाहको ढोंगले शोलाई फाइदा नै पु¥याएको थियो । त्यसपछिका दिनमा नै फ्यानहरूले उनीहरूको प्रेमको चर्चा गर्दै आइरहेका थिए । तर, रियलमा त्यो प्रेम नभएको बताइन्छ ।