‘दशैँ आयो खाउँला, पिउँला, काहाँबाट ल्याउला, चोरी ल्याउँला’ यो समय सान्दर्भिक र सार गर्भित दशैँ भित्रिएको संकेत गर्दै केटाकेटीले रमाउँदै दशैँ उदृत गर्ने केहि हरफहरु हुन् ।
दशैँ वास्तवमै मिठो मसिनो खान र राम्रो लाउन आउँछ भन्ने त्यो मेरो सानो बेलाको समय दशैँको छुट्टै रौनकता, चहलपहल, छरछिमेकमा ऐचोपैचो, अन्न साटासाटर समाजमा व्यक्ति व्यक्ति बिचको मितवययिता, पिङ बनाउन दह्रो बाँस र लाठ्ठोको लागि डोरी बनाउन (पटुवा) को जोहो१ साच्चै..... साच्चै रमाइलो दशैँ ।
माटाका घरमा विभिन्न रंगको रोगन सिगारिएको घर, बर्खामासमा हलो र हिलोसँग पौठेजोरी खेल्दै गलेका हलि दाई, मामा, काका, दाज्यै, बाजे, बुवा विशेष स्थानमा गुन्द्रूी ओछ्याएर अत्मियता गाँस्दै वरिपरि बसेर खेलेको तास छेवैको टाट्नोमा घाँस खादै गरेको खसी र बोकोलाई अलौटा कमै खुवाएर पोसाउँदै गरेकी मेरी आमा ।
दशैँका लागि किनमेल गर्न कुन बजार भ्याइन्छ भनेर औँला भाच्दे गरेकी बोजु ऊ बेला पात्रोको चलन गाउँ घराँ त्यति थिएन कसै कसैकामा भईहाले पनि त्यति हेर्न नआउने । जतन गरी राखेको घरकै खेतबारीमा उत्पादन भएको मर मसाला नाङ्लो भरी फिजाउँदै आमाले घाममा सुकाउँदा आत्मा देखि नै दशैँलाई नजानिदो पाराले भित्रभित्रै खुसी हुँदै स्वागत गरिन्थ्यो ।
गच्छेअनुसार दशैँ मनाउन र वर्षामा एकपटक मिठो मसिनो खुवाउन निधारका रेखी खुम्च्याउँदै आफुलाई चाहिने ऋण भन्दा बढीको सगुन बोकेर साहु महाजनकोमा ऋण मर्जी गर्न शिरको टोपी भुईमा राखेको यथार्थ हामी माझ तरो ताजै छ ।
हुने खानेहरुको देखि लिएर हुँदा खाने सम्मको घरमा दशैँले उत्तिकै प्रभाव पारेको हुन्थ्यो । घरको सरसफाई सँगै आँगनाका डिलमा विभिन्न अचारका बयमहरु सुकाएर दशैँको परिकारमा थप स्वाद थपिन्थ्यो । घरको गर्जो टार्न परदेश लागेका परदेशी (ऊ बेला लाहुर भन्ने चलन) काँध भरीको झोला बोकेर गाउँ पस्दा गाउँ भरीकालाई खबर हुन्थ्यो ।
भेटघाट, सञ्चो, विसञ्चो, घुमघाम वास्तवैमा मान्छेको व्यक्तिगत जीवनमा र समाजबिचको वर्षमा एक पटक आउने दशैँले प्रत्यक्ष रुपमा सकारात्मक भूमिका खेलेको हुन्छ ।
दशैँ बजार भर्न र साथीसंगीसँग सल्लाह गरेर कस्तो लुगा लगाउने भन्दा पनि बुवा आमाले कस्लाई कस्तो ल्याइदिनु हुन्छ भन्ने उत्सुकता मै रमाइन्थ्यो १ साच्चै भनौँ दशैँ बजार भरी सकेको घरमा नयाँ लुगाले घरैबास्नायुक्त हुन्थ्यो । दशैँमा हतियार धार लाउन पेशायुक्त अग्रज कामीहरु घरघरै आएर साँध लाउँदा दशैँले हामी केटाकेटीलाई छोई सकेको हुन्थ्यो ।
लुगा छेक्न र सिलाउन वालीघरे दमाईले आँगनमा हाते कल खट्ट् खट्ट् घुमाएको हेर्दै आफ्नो लुगाको पालो कहिले आउँछ भन्दै आखाँ लगाइन्थ्यो । माईती राजाहरुले डाइस थापेर केहि रमाइलो गर्थे । झन्डी, मुकुटमा १ रुपैयाँ थापेर २ रुपैयाँ पारियो भने दुनियाँ सारा जिते जस्तो भान हुन्थ्यो । साच्चै रमाइलो, उत्सुकता, आशिर्वाद, मितव्ययीताले भरिपूर्ण दशैँ । वर्षमा दुई दिन भुई छोड्नु भन्ने चलनले गर्दा पिङमा डरले मुटु कमाउदै हुर्रिएको आजै जस्तो लाग्छ ।
तर आज भोलि प्रविधि युक्त जमाना साच्चै भनौँ साँगुरिएको जमाना । जताततै प्लटिङ सिस्टमले पिङ थाप्ने ठाउँको अभाव, कामको व्यस्तता र रोजगारीको शिलशिलामा विदेशीएका लाखौँ दक्ष जनशक्ति रम्ने र रमाउने भन्दा व्यस्तता देखाउने समयले आज भोलि दशैँ, दशैँ जस्तो नभएर एउटा परापूर्व कालदेखि मान्दै आएको र छोड्न नमिल्ने बाध्यता जस्तो गरी मनाउँछन् दशैँ । हिन्छु धर्मावलम्बीहरुका लागि निकै महŒवपूर्ण चाँड हो दशैँ ।
तर समाज आर्थिक रुपान्तरणमा अघि बढीसकेको छ । अर्थको अभावमा छटपटाउनु पर्ने समय छैन अब । सबै, कुनै न कुनै पेशामा कुनै न कुनै तरिकाबाट अर्थोपार्जनमा लागिरहेकै छन् । अहिले जताततै बजारीकरण, शहरीकरण जसलाई जति बेला मिठो खान मन लाग्यो खाएकै छ राम्रो लाउन मन लाग्यो लाएकै छ ।
ऊ बेला खद्धरका लुगा किन्न घण्टौँ लाएर बजार जानुपर्ने अवस्था रहेन अब । नेटमा देखाइएका फिक्स रेटका लुगा कपडा घरैको ढोकामा घण्टी बजाएर आइपुग्छ । साथीभाइसँग अंगालो मार्दै भलाकुसारी गर्ने समय अब मोबाइलमा घरकै पलङमा पल्टेर संसार देख्न चाहान्छन् । छिमेकीमा के बित्यो त्यो थाहा कमैलाई हुन्छ तर विश्वमा के भयो कोठाभित्रै थाहा हुन्छ । विज्ञान र प्रविधिको जमाना यी सबैको उत्तीकै महŒवपूर्ण स्थान छ ।
दुई घण्टा लाएर गर्ने काम अहिले केहि छिनमै हुन्छ । आफै नपुगी नहुने काम आफु नगए पनि गर्न सकिन्छ । ताजा खबर त झन घटना हुने बित्तिकै नै पो थाहा पाइन्छ । विज्ञान र प्रविधि सधैँ एक नम्बरमा छ, हुनुपनि पर्छ । तर यसो भनेर समाज प्रतिको आफ्नो योगदान, देन, कर्तव्य र परस्चर एक आपसको सहयोगलाई दुई नम्बरमा पार्नु पनि भएन नी । दशैँले पनि त्यस्तै सन्देश दिन्छ ।
आ–आफ्नो धर्म अनुसारको चाडपर्वलाई निरन्तरता दिनु अति आवश्यक छ १ हिन्दु धर्मावलम्बीहरुका लागि दशैँ अति नै महान चाड हो । यसको आफ्नै महŒव छ । धर्मको नाममा लादिएका कतिपय परम्परागत त्रुटीहरुलाई छानेर फ्याल्दै परिमार्जित गरेर मान्दा फाइदा हुने र मान्नै पर्ने कुराहरुलाई संस्कारसँग जोडेर जीवनमा अघि बढाउँदे लानुपर्छ । किनकि विज्ञान शास्त्र र धर्म शास्त्रको धेरै जसो कुरा एक आपसमा मेल खान्छन् । जुन मानव जीवनका लागि अति उपयोगी छन् ।
नौ रथा लागिसक्यो, फुलपाती भित्रिन हतारिदै आँगनबाट दैलोमा आइसक्यो । तसर्थ जजसले दशैँ मनाउनु हुन्छ वर्ष उल्लास्ले मनाउनुहोस् । मनमा रहेका द्वेश र वैर भावलाई आजैबाट हटाउनुहोस् । किनकि मनभरी द्वेष र तुष पालेर मानेको धार्मिक चाँड, चाँड नभई बोझ बन्न जान्छ । खर्चिलो बनाउनुहोस् घाँटी हेरेर हाड निल्नुहोस । म सानो छदाँ सबै जता, धर्म संस्कार संस्कृती भएकाले दशै मान्नै पर्ने चलन थियो । दशैँमा मामाघर जाँदा सबैभन्दा धेरै पैसा पाउँछु भन्ने मनशाय । घरमा सबैभन्दा कान्छी छोरी कहिलेकाहीँ नाफा पनि हुन्थ्यो कहिले काहीँ घाटा पनि ।
नाफा यसकारणकी म कान्छी छोरी त्यसै पनि प्यारी केहि बढी नै पाउने हुँदा र आमाजता जानु भो उतै जान पाउने हुन्थ्यो । घाटा यसकारणकी म सबैभन्दा कान्छी जसले पनि सानो मान्छेलाई काम अह्राउने । नैतिक शिक्षा पाठ्यक्रममा पनि ठूलाको अदार, सम्मान र भनेको मान्नुपर्ने कुरा पढकोले नौ नारी गलेपनि काम गर्नुपर्छ भन्ने लाग्थ्यो १ दशैँमा आशिर्वादसँगै थापेका एक वा दुई नोटहरु अरुले चोरिदेला भनेर दहै्र राखनधरन गरिन्थ्यो ।
त्यो पैसामा कसैको हक लाग्दैनथ्यो । तर आज भोलि आफै कमाउनु र टार्नुपर्ने भएपछि कसरी, के का, लागि कति खर्च गर्नुपर्छ भन्ने विषयमा सचेत भएकी छु । पहिले त घटस्थापना देखि नै विद्यालयहरु बिदा, कार्यालयहरु बिदा हुन्थे त्यसेले जागिरे र कर्मचारी बेलैमा घर गाउँ पस्थे ।
तर आजभोलि फुलपातीबाट मात्रै बिदा हुने हुँदा त्यति गाउँघरमा चहलपहल, आतेजाते, रंगरऊस बाटोमा दोहोरी लत्तो घुमाई, पिङ पाथ्ने जमर्को कसैकामा देखिन्न । न त केटाकेटी, बालबच्चा नै दशैँ भनी रमाएका छन् । ऊ बेलाको दशैँ र यो बेलाको दशैँ आकाश पातालको फरक छ साच्चैँ भनौ भनें पछिल्लो पुस्ताको दशैँ कफ्र्यु लागेको दशेँ जस्तो छ । सिर्फ कफ्र्यु लागेको दशैँ ।
बेलबारी–४, इमानसिं चौक