भद्रपुर / मन्दिर स्थापना भएको ५५ वर्षपछि पुनः डेढ करोडको लागतमा नयाँ मन्दिर निर्माण हुने भएको छ । झापाको सदरमुकाम भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको काली मन्दिरलाइ पुनः जीर्णोदार गर्न लागिएको हो ।
काली मन्दिरको नामले परिचत भएको मन्दिरलाई वि.सं. २०२१ सालमा तत्कालिन वाड नम्बर ८ का वडाअध्यक्ष स्वर्गीय बमसिंह राजवंशीले विधिवत रुपमा स्थापना गरी पूजा आराधना शुरु भएको थियो । स्थापनाको ५५ वर्ष पछि तत्कालिन गाउँपञ्चायत अध्यक्ष धननाथ राजवंशीको सक्रियता र पुजारी स्वर्गीय दिलबहादुर राईको अगुवाइमा काली माताको मूर्ति,गणेश, शिव लगायतका मूर्तिलाइ धार्मिक विधि अनुसार विधिवत रुपमा प्राण प्रतिष्ठा गरेर राखिएको थियो । पुजा आराधान नियमित चलिरहेको अवस्थामा पछिल्लो समय मन्दीर जीर्ण बन्दै गएपछि गत आर्थिक वर्षमा मन्दीर पुनः निर्माण समिति गठन गरिएको थियो ।
नक्साको अवस्था अनुसार अनुमानित डेढ करोडको लागतमा निर्माण सम्पन्न हुने निर्माण समितिका प्राविधिक चन्द्रप्रसाद चापागाइले बताए । मन्दिरको स्वामित्वमा रहेको १८ धुर जग्गामा १४ धुरभित्र आधुनिक तवरको आकर्षक मन्दिर निर्माण गर्न लागिएको उनले जनाए । मन्दिर निर्माणका लागि नेपाल सरकार अन्र्तगत सङ्घ, प्रदेश, स्थानीय ,उद्योगी, व्यापारी, धर्मानुरागीलगायत सवैबाट दान सङ्कलन गरिने व्यवस्था मिलाउदंै आएको समितिका आर्थिक संयोजक मोहन कुमाइले बताए । हाल मन्दिरको खातामा ८ लाख रुपैया रहेको र बाँकी दाताहरुको सहयोबाट सम्पन्न हुने उनले जनाए ।
आउदो मङ्सिर २१ गते शिलान्यास गरी दुईवर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण समितिका संयोजक भिम पौडेलले बताए । हाल सञ्चालनमा आएको मन्दिरलाई भत्काएर सोही स्थानमा नयाँ मन्दिर निर्माण गरिने उनले जनाए । दाताहरुले दिएका हाल पूजा आराधना भइरहेको मूर्तिलाई मन्दिर परिसरमा नै व्यवस्थापन गरेर नयाँ मन्दिरमा नयाँ मूर्ति राखिने उनले बताए ।
चन्द्रगढी बजारमा पुनःनिर्माण हुन लागेको मन्दिरलाई भद्रपुर नगरपालिका तथा वडा कार्यालयले सहयोग गर्ने नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । बाहिरी जिल्लाका भक्तजनहरुलाई समेत दर्शन गर्न जाउँ–जाउँ खालको आकर्षक मन्दिर निर्माण गर्न लागिएको उनले बताए ।