पाँचथर । हिलिहाङ गाउँपालिका–७, टारीमा सोमबार निर्माणधिन मन्दिरको छतले दुई जनाको ज्यान लिएको छ । सोमबार बिहान छतको सटिङ खुस्काउने क्रममा छत नै खस्न पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय जगतबहादुर राई र ५१ बर्षिय रुद्र राई रहेको पाँचथर प्रहरी प्रबक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए । दुबै जनाको चेपिएर मृत्यु भएको हो । हिलिहाङ–७, टारीमा बनिरहेको यलम्बर पार्कमा २० दिन अघि ढलाई गरिएको निर्माणधिन मन्दिरको सेटिङ खुस्काउने क्रममा छत खसेको हो ।

कमसल सामग्री प्रयोग गरिएका कारण छत खस्न पुगेको आशंका गरिएको छ ।