काठमाडौं / आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यो चन्द्रग्रहण नेपालमा बुधबार विहानको राती १स्४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । खगोलविद् जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिने बताए ।
चन्द्रग्रहण सूयग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरूले बताउदैं आएका छन् ।
पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ। फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ। यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ।
यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ। तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।