धरान / विश्व हिन्दु परिषद् नेपाल, धरानले यहाँ जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । धरान–११ स्थित याख्या छुम्माको भवनमा गत असार १५ मा भएको कायृत्रवार्ड नं २० को कार्कीछापमा अष्टधातुबाट निर्माण गरिने विश्वकै अग्लो महारुद्र त्रिशुल स्थापना गर्ने भएको छ ।
असार १५ का दिन किरात याक्खा छुम्माको भवनमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । परिषद् नेपालीहरुको महान चाड दहि चिउरा खाने कार्यक्रमको आयोजना गरि सम्मानसमेत गरेकाे हो । कार्यक्रमका प्रमुख अतिथि एवं सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले उनीहरुलाई दोसाला ओडाएर सम्मान गरे ।
कार्यक्रममा सहभागीहरुलाई दही चिउराको व्यवस्था गरिएको थियो । कार्यक्रको वरिष्ठ संयोजक कोविला भट्टराई, सह संयोजक लहरु जिमी, उप संयोजक कमला थापा रहेका थिए । सोही कार्यक्रममा धरान–२० स्थित कार्कि छापमा विश्वको अल्गो त्रिसुलको प्रतिभा निर्माण गरिने समेत परिषद्का अध्यक्ष देवराज अधिकारीले जानकारी दिएका थिए । स्थानीय तथा दाताका ेसहयोगमा करवि ८ करोड लागतमा अष्ट धातुको ९० फिटको त्रिसुल निर्माण गर्ने तयारी भएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । दाङमा यस अघि ५६ फिटको त्रिसुल निर्माण गरिएको छ ।