धरान / विश्व हिन्दु परिष्द नेपालले हिन्दुहरुको सांस्कृति चाढ असार १५ विविध कार्यक्रम गरेर मनाउने भएको छ । धरान–१६ स्थित याख्या छुम्माको सभाभवनमा विभिन्न जातीको सांस्कृतिक प्रर्दशन, ९० बर्ष पुरा भएका ११ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिने परिषद्का अध्यक्ष देवराज अधिकारीले जानकारी दिए ।
असार १५ दही चिउरा खाने पर्वका रुपमा मनाइदैं आएको छ । विगत बर्षझै यो बर्ष पनि दही चिउरा खाने पर्वलाई व्यवस्थित बनाएर विविध कार्यक्रम गरि मनाउन लागिएको परिषद्का कार्यक्रम निर्देशक चन्द्र तिम्सिनाले जानकारी दिए । कार्यक्रम व्यवस्थापन गर्नका लागि उपसंयोजकमा राधेश्याम महिला जागरण समुहकी अध्यक्ष कमला थापा, सहसंयोजकमा महिला सञ्जाल धरानकी कोषाध्यक्ष लहरु जिमी, बरिष्ठ संयोजकमा सञ्जालकी सचिव कोपिला भट्टराई र संयोजकमा कार्कीछाप कालीखोल ाबन समुहका अध्यक्ष सम्फर तामाङलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा विश्व हिन्दु परिषद्ले निर्माण गर्न लागेको विश्वको ठूलो त्रिसुलको प्रतिमाबारेसमेत अवधारणा सार्वजनिक गरिने परिषद्का अध्यक्ष अधिकारीले जानकारी दिए ।